काठमाडौँ महानगरपालिकाको मतगणना जारी
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार
काठमाडौं -काठमाडौँ महानगरपालिकाको मतगणना अहिले जारी रहेकाे छ ।निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेकाे छ ।
शुक्रबार राति बसेको सर्वदलीय बैठक अनुसार बिहान ९ बजेदेखि मतगणना सुरू भएकाे हाे । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।
काठमाडौं महानगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेससहित राजनीतिक दल र स्वतन्त्र गरी ५५ जना प्रमुखका उम्मेदवार छन् ।
Categorized in उपत्यका

