STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ७, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’

केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ । 

गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतको भनाइ छ ।   स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख छ । 

यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको विषय समेत उल्लेख छ   । उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको स्रोतको भनाइ छ ।  म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।

Categorized in उपत्यका