STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरबाट पन्ध्र वटा शववाहन हस्तान्तरण

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २५, शुक्रबार

काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ती शववहानको साँचो हस्तान्तरण गर्नुभएको हो । साँचो हस्तान्तरण पछि मेयर शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराउनुभयो ।  उहाँले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेण्टिलेटरलगायतका उपकरण सहयोग गरेको पनि स्मरण गराउनुभयो । 

 उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले  एकै दिन एकै पटक क्षत्रपार्टी निःशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववहान हस्तान्तरण गरेको हो । महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौता अनुसार ती शववाहनले  उपत्यका भित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्ने बताइएको छ ।  

काठमाडौँ महानगरपालिकाले १५ शववाहन मध्ये  नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई ओटा हस्तान्तरण गरेको हो । मेयर शाक्यले हस्तान्तरण गरेको शववाहन को साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववाहन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Categorized in उपत्यका