relans
ni new 83
nib 2082 5

काठमाडौंकाे मेयरमा बालेन र उपमेयरमा सुनिताकाे जित निश्चित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ११, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्‍याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्।

बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन् । बालेन्द्रले सिर्जनालाई २० हजार ११० मतान्तर बनाएर अग्रता कायम गरेका छन्।

केशव स्थापित बालेन्द्रभन्दा २० हजार ७४३ मतले पछाडि छन्। सिर्जनालेसमेत एमालेका उम्मेदवार स्थापतिलाई पछि पारेकी छन्।

काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६० हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्।

Categorized in उपत्यका
ppp 2