STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार

काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ । यसैगरी बितेको २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कूल संख्या ११ हजार २५ पुगेको छ। अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ । कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय