STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको ठूलो चाड पाहांचःह्रेको जात्रा नहुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २, आइतबार

काठमाडौं– काठमाडौंमा विशेष रुपमा मनाइने ठूलो चाड पाहांचःह्रे (पिशाच चतुर्दशी) पनि कोरोनाभाइरसको चपेटामा परेको छ । कोरोनाभाइरस संक्रमण हुन नदिने पूर्वतयारी अनुरुप यस वर्षको पाहांचःह्रेको जात्रा स्थगित गरिने निर्णय भएको छ । पाहांचःह्रेको समय लुँमधि, कंग, म्हय्‌पि, तखति, मैति, ङतमरु र बछला अजिमाको खटजात्रा हुने गर्दछ । जात्रा मनाउने विभिन्न संघसंस्थाले यस वर्ष जात्रा ननिकाल्ने निर्णय गरेको छ । विधिवत रुपमा आफ्नै क्षेत्रमा देउताको पुजा मात्र गरेर जात्रा मनाउने, जात्राको क्रममा विभिन्न रुटमा देउताको खट परिक्रममा गर्नुपर्नेमा सो परिक्रमा पनि नगर्ने निर्णय पनि गरिएको छ । पाहांचःह्रेकै दिन असनमा ‘देउता जुधाउने’ (द्यः ल्वाकेगु) भनेर लुँमधि अजिमा, कंग अजिमा र तेबहाल अजिमाको खट परिक्रमा गरी चिलाख साटिने परम्परा रहिआएको छ । असनमा भीड नै जम्मा भई गरिने यो परम्परा यस वर्ष टुट हुने देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमण हुन नदिने पूर्वतयारी अनुरुप हुलमुलमा नजान एवं भीडभाड हुने सभा, गोष्ठी, भोज इत्यादि नगर्न अनुरोध गरेको तथा विभिन्न संघसंस्था एवं गुठीहरुलाई जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालयले हुलमुल हुने कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
Categorized in राष्ट्रिय