काठमाडौंको सनसिटी अपार्टमेन्टका तीनजनामा कोरोना संक्रमणको आशंका
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार
काठमाडौं– पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएको छ ।
उनीहरुको ¥यापिड टेष्ट पोजेटिभ देखिएपछि पिसिआर विधिबाट नमूना संकलन गरी थ्रोट स्वाब संकलन गरिसकेको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिएका छन् ।
अपार्टमेन्टको ‘ए’ ब्लकमा रहेका उनीहरु चैत ५ गते बेलायतबाट नेपाल फर्किएका थिए ।
अपार्टमेन्टमा कोरोना संक्रमित आशंका गरिएकाहरु भेटिएपछि प्रहरीले अपार्टमेन्टलाई सिलबन्दी गरिदिएको छ ।
Categorized in राष्ट्रिय