STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा आजदेखि बुस्टर डोज (लगाइने स्थानकाे सूचीसहित)

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

काठमाडाैं, माघ ३ -  सरकारले काठमाडौंमा आज (सोमबार)देखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिने भएको छ । हिजैबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा पर्याप्त तयारी नपुगेको भन्दै आजबाट मात्रै बुस्टर डोज लगाउन थालिने जनाइएको छ ।

बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूका लागि उपलब्ध हुने सरकारले जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौंभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्नेछ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाइने सरकारले बताएको छ ।

काठमाडाैँमा बुस्टर डाेज लगाउन पाइने खाेप केन्द्रहरू

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु

शहीद मेमोरियल अस्पताल कलंकी

वीरेन्द्र सैनिक अस्पताल छाउनी

लोट्से भवन नयाँ बसपार्क

नेपाल प्रहरी अस्पताल महाराजगन्ज

वीर अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

बयोधा अस्पताल बल्खु

पराेपकार प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली

निजामती अस्पताल नयाँबानेश्वर

एपेक्स पोलिक्लिनक जडिबुटी

काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग

पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी

जनमैत्री अस्पताल बालाजु

नर्भिक अस्पताल थापाथली

शुभेच्छा अस्पताल सीतापाइला

नोबेल अस्पताल सिनामंगल

Categorized in स्वास्थ्य-मौसम