STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ४, शुक्रबार

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषेधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो।

प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको छ।

Categorized in राजनीति