STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं अब मेकानिकल पार्किङको प्रयोग हुने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् । सो पार्किङले थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, शहरी सुन्दरता बढाउन सकिने, प्रदूषण घटाउन तथा सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने काठमाडौँमा मेकानिकल पार्किङ उपयुक्त अध्ययनले देखाएको छ । प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकाले राजश्वमा वृद्धि हुने तथा पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकाले आफूहरुले मेकानिकल पार्किङको प्रस्तावअघि सारेका बताउनुभयो । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँमा सवारी व्यवस्थापन अपरिहार्य रहेको तर एकैपटक जटिल खालको प्रविधि ल्याउने नसोचौँ भन्नुभयो । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले तहगत छलफल र बैठकबाट निष्कर्षमा पुगिने बताउनुभयो । महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सःशुल्क पार्किङ सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवाले शहरमा भएका कार ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी पाँच प्रतिशत मात्र सडकमा गुड्ने भएकाले पार्किङमा समस्या धेरै रहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय