STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई एक–एक लाख नगदसहित सम्मान

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २४, बिहिबार

काठमाडौं - काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । 

महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँसहित सम्मान गरेको हो । 

नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न सकेन । 

साउन १७ गतदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो ।

Categorized in खेलकुद