STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरपालिकाको एम्बुलेन्सले दियो ४५ सयलाई निःशुल्क सेवा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा करिब ४ हजार ५ सयलाई निशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउनमा एकतर्फी करिब ३ हजार र दुईतर्फी करीब ४ हजार ५ सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभागले जनाएको छ । लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा लकडाउन अवधिमा ६ हजार बढीले सम्पर्क गरेका थिए ।
Categorized in उपत्यका