STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार

काठमाडौं महाननगरपालिकाले भोलि २८ र पर्सि २९ गते दुई दिन काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने कुरा आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले बताउनु भएको छ । मेयर शाक्यले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नु भएको छ कि ‘केही व्यक्तिहरु कुनै न कुनै बहाना खोजिरहेका हुन्छन् । कतिपयलाई चाहिँ सामाजिक सञ्जालमा राख्नका लागि पनि केही–केही बहाना चाहिन्छ । समाचारमा आफ्नो तस्बिर छाप्नका लागि पनि केही–केहीलाई केही न केही बहाना बनाउनु पर्ने आदत बनेको हुन्छ,’ मेयर शाक्यले भन्नुभयो, ‘कतिपयले त समाचारको पात्र बन्नका लागि पनि विभिन्न खाले अभियान चलाइरहेका छन् । अहिलेको अकुपाई टुँडिखेल अभियान पनि त्यस्तै होइन भन्ने अवस्था देखिएको छैन ।’ मेयर शाक्यले अहिले टुँडिखेल अकुपाई भन्नेले जसरी नै बसन्तपुर अकुपाई भन्नेले यस्तै अभियान चलाए भने के भन्ने भनी प्रश्न गर्नुभयो । ‘बसन्तपुर वरीपरी बसेर छलफल गर्ने साथीहरुलाई म यो प्रश्न गर्न चाहन्छु । नौतले दरवार अगाडि कन्टेनर राखेर एकातिर चाइनिज र अर्कोतिर पुरातत्व विभागले निर्माण सामाग्री थुपारेको छ । अब त्यसलाई अकुपाई हनुमानढोका भन्न मिल्ने कि नमिल्ने रु’ मेयर शाक्यले टुँडिखेल मेयरले बेचेर खायो भन्दै हल्ला गरे जस्तै यो हनुमानढोका बेचेर खायो भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि गर्नुभयो । ‘मैले यसो भन्नुको अर्थ के–हो भने आग्रह–पूर्वाग्रहले अभियान सञ्चालन भैरहेको छ । यो धेरैलाई भ्रमित गर्ने हिसाबले भैरहेको छ । अहिले महानगरवासी सचेत छन् । त्यसकारण आग्रह–पूर्वाग्रहले गरेको अभियानमा यहाँका बासिन्दा भ्रमित हुँदैनन्,’ उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा त अकुपाई टुँडिखेलमा मेयर नै उपस्थित हुने भनेर हल्ला गरिएको थियो । तर मैले कतै पनि बचन दिएको थिएन । म प्रष्टसँग भन्न चाहन्छु– महानगरपालिका टुँडिखेल कब्जा गर्ने नीतिमा छैन । अहिले जहाँ निर्माण सामग्री थुपारेर कब्जा गरियो भन्ने भ्रम फैलाइएको छ । त्यो भ्रम फैलाउने काम मात्रै हो ।’ उहाँले महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालमा बन्दै गरेका संरचनाका निर्माण सामग्री त्यो पनि अस्थायी रुपमा राख्न दिएको भन्दैती संरचना सम्पन्न हुने तयारीमा रहेकाले ती संरचना बनिसक्ने बित्तिकै त्यहाँ खाली हुने प्रस्ट गर्नुभयो । ‘वीर अस्पताल, रानीपोखरी, धरहरा, दरबार हाइस्कुल जस्ता राष्ट्रिय महत्वका योजना हुन् । ती राष्ट्रिय योजनालाई सफल बनाउनु महानगरपालिकाको पनि दायित्व हो । सडकमा हिलो र धुलो आउन नदिनका लागि महानगरपालिकाले ती ठाउँमा निर्माण सामग्री राख्न दिएको हो । त्यो सबैलाई छर्लङ हुने कुरा हो । महानगरपालिकाले त्यहाँ निर्माण सामग्री राख्न नदिएको र बाटोभरी राखेको भए त्यो वरपरको वातावरण कस्तो हुन्थ्यो होला रु’ उहाँले भन्नुभयो, ‘म उहाँहरुलाई त्यतातिरबाट पनि सोच्न आग्रह गर्छु । त्यसलाई व्यवस्थापन गर्ने दायित्व त महानगरपालिकाको पनि त होला नि । धेरै मानिसले यो कुरा बुझेका छन् । तर, आफु केही पनि गर्न नसक्ने अनि दोष जति अरुलाई देखाएर आनन्द लिने प्रवृत्तिले केही समस्या भएको छ ।’ अहिले नाम स्वतन्त्र अभियान दिइएको भए पनि अभियानमा राजनीतिक रंग दिइएको प्रष्ट पार्नुभयो । ‘महाननगरले टुँडिखेल बेच्न पाइँदैन, सम्पदा मास्न पाइँदैन’ भन्ने प्लेकार्ड छातिमा राखेर टुँडिखेलमा उभिने अनि हामीलाई अभियन्ताले बोलाए अनि साथ दिएको भन्ने कुरा लज्जाबोध बाहेक केही पनि होइन,’ उहाँले भन्नुभयो । उहाँले भिमसेनदास प्रधान रक्षामन्त्री रहेका बेला नै सैनिकले टुँडिखेलमा संरचना बनाएको भन्दै आफू रक्षामन्त्री भएका बेला संरचना बनाउन अनुमति दिने, त्यो बेलामा आफू चुँ बोल्न नसक्ने अनि मन्त्री फुस्किने बित्तिकै यो मेयरले भत्काउनुपर्छ भनेर नारा लगाउनु भनेको लोक हँसाउने कुरा मात्रै भएको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘दाई तपाईँ रक्षामन्त्री रहेका बेला मन्त्रिपरिषद्बाट निर्णय गर्नुभएको भए भै हाल्थ्यो नि रु अहिले किन भ्रम छर्ने काम गरिरहनु भएको छ रु’ उहाँले भन्नुभयो । भ्युटावरको सम्झौता रद्द गर्ने र सेनाले बनाएका संरचना भत्काउने निर्णय महानगरपालिका एक्लैले गर्न नसक्ने पनि उहाँले पताउनुभयो । मेयर शाक्यले खुल्लामञ्चको विषयमा कार्यपालिका बैठकमा कुनै पनि विवाद नरहेको भन्दै मिडियालाई उपमेयरसँगै आफुलाई पनि राखेर प्रश्न गर्न आग्रह गर्दै मेयर–उपमेयरबीच फाटो ल्याउने भन्दा पनि मिलाउने भूमिका खेल्न पनि आग्रह गर्नुभयो । मेयर शाक्यले साग विजेतालाई सम्मान गर्ने विषयमा महानगरपालिकाले सोचिरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले महानगर दिवसको अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने जानकारी दिनुभयो । त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दि प्याखं, लाखे, आकाश भैरव ९सवःद्यः० र करुणामय पँय्ताः बाजाका गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि बताउनुभयो । उहाँले साइकल सिटी बनाउने आफ्नो चुनावी एजेण्डा नै भएको भन्दै त्यसलाई अघि बढाउने पनि बताउनुभयो र गत वर्ष झैं यो वर्ष पनि पत्रकार हरु पुरस्कृत हुने कुरा बताउनु भयो ।
Categorized in राष्ट्रिय