STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबूको ‘नारी पत्रकारिता तालिम’ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

पत्रकारिता क्षेत्रमा नेवाः समुदायका नारीहरुको सहभागिता वृद्धि गर्दै लाने उद्देश्य अनुरुप काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबू (नेवाः महिला संगठन) को संयुक्त आयोजनामा नारी पत्रकारिता तालिम सम्पन्न भएको छ ।

नेवाः मिसा दबूकी रश्मिला प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त नेवाः नारी पत्रकारिता तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गी श्रेष्ठ उपस्थित हुनुभएको थियो ।

समापन कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले तालिम लिनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथैं प्रशिक्षकहरुलाई मायाको चिनो अर्पण गर्नुभई सम्मान गर्नुभएको थियो ।

उक्त तालिमबाट जीवनमा नभई नहुने कुराहरु बुझ्ने र बुझाउने अवसर लिनसकेको हुनाले आफूहरु गर्वित भएको साथै अगाडि बढ्न उत्प्रेरणा जागृत एवं उत्साहित भएकोले यस्ता तालिमहरु फेरि फेरि पनि विभिन्न स्थानहरुमा संचालन गर्दै लानुपर्ने बिचार तालिममा सहभागी प्रशिक्षार्थीहरुले राख्नुभएको थियो ।

–नेवाः सूचना केन्द्र , राजेन्द्र रञ्जित

Categorized in राष्ट्रिय