STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं मेयरमा बालेन र उपमेयरमा सुनिताकाे अग्रता कायमै, सिर्जनालाई पछ्याउँदै केशव स्थापित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ८, आइतबार

काठमाडाैं- काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए । 

उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् । 

यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ  ३ हजार ४२९ मत पाएका छन् । ​

उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।  

राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै आएको छ।  मतगणना सुरु भएको ८ दिन बितिसक्दा अझै ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको छ । 

Categorized in उपत्यका