काठमाडौं ४ वडामा एमाले प्यानल विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार
काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै विजयी भएको छ । कुल ९ हजार २ सय ८० मत खसेकोमा ४ हजार ६ सय ४ मत ल्याउँदै दिनेश महर्जन वडाध्यक्षमा विजयी भएका हुन् ।
वडा नम्बर ४ सहित गरेर पाँचवटा वडामै एमालेको प्यानल नै विजयी भएको छ ।
यसअघि आएको मतपरिणामअनुसार काठमाडौं महानगरपालिको वडा नम्बर १,२,३,४ र ५ मा एमालेतर्फकै उम्मेदवार विजयी भएका हुन् ।
Categorized in उपत्यका

