STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कानुन व्यवसायी र प्रहरीबीच झडप

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २, सोमबार

फागुन २, काठमाडौं - सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए ।

प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

उल्लेख्य संख्यामा प्रहरी र दंगा नियन्त्रण टोलीलाई सर्वोच्च परिसरमा परिचालन गरिएको छ ।

Categorized in राजनीति