STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । 
मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताउनुभयो ।
यो वर्ष असिना पानीले गर्दा काफल पर्याप्त नभए पनि राजमार्ग छेउका महिला तथा बालबालिका टाढाको जङ्गल पुगेर काफल ल्याई बिक्री गर्दा एक हजारसम्म आम्दानी हुने गरेको  अमरगढी–१ मालमका ११ वर्षीया रमिता दियाल नाम परिवर्तन ले बताइन् । काफल बिक्री गरेर आफूलाई चाहिने कापी कलम र लुगा खरीद गर्ने गरेको र बाँकी पैसा घरमा दिने गरेको उनको भनाइ थियो ।जिल्लाको अमरगढी नगरपालिकाको स्याउले, मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बासिन्दाले  काफलसँगै अन्य मौसमी फलफूल सङ्कलन गरी बेच्दै आएका छन् । गाउँबाट काफल बेच्नका लागि स्याउले बजार र जिल्ला सदरमुकाममा महिला तथा बालबालिका आउने गरेका अमरगढी–१० का वडासदस्य प्रेम विष्टले बताउनुभयो । महिला तथा बालबालिकाले दैनिक रु दुई हजारसम्म आम्दानी गरिरहेका उहाँको भनाइ थियो 
सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारका रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेहरूको बिहानैदेखि रातिसम्म भीड हुने र एककिलो काफललाई रु १०० भन्दा बढीमा बेच्ने गरेको स्याउले बजारकी एक महिलाले बताउनुभयो । यसैगरी भिमदत्त राजमार्ग छेउछाउमा मौसमअनुसारका फलफूल तथा जङ्गली फल काफल, कोइरालो, अमला बेच्नेको ताती नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइ खर्चको समेत जोहो गर्ने गरेका छन् । काफलको समयमा वर्षेनी धेरै बालबालिका काफलको रुखबाट खसेर घाइते हुनका साथै अङ्गभङ्गसमेत हुने गरेका छन् ।
Categorized in राष्ट्रिय