काभ्रेमा बस दुर्घटना, ९ जना घाइते
Janjati Khabar – Janjati Khabar | २०७९ पौष १३, बुधबार
काभ्रे - काभ्रेको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ ।
घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको हाल बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बसमा २३ जना यात्रु सवार रहेका थिए । बसमा सवार १४ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

