STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कामपा २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेक अन्य पसलहरु बन्द हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिका २१ र १२ वडामा अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण बढन नदिन र स्थितिलाई भयावह हुन नदिन साउन २६ गते बसेको २१ र १२ वडा समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेकका अन्य पसलहरु जस्तै मदिरा, भट्टि, तयारी पोशाक, जुत्ता, कलकारखानाहरु बन्द गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । बैठकले खाद्यान्न पसलहरु पनि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्ममात्र खोलिदिन वडाबासीमा अनुरोध गरेको छ । कामपा २१ र १२ वडाभित्र काठमाडाैं पुरानो बस्ती लगन, जैसीदेवल, मजिपात, मञ्जुश्री, ज्याबहाल, दलाक्षी, गोफल, ब्रह्मटोल, वन्दे, चल्खुजस्ता टोलहरु पर्दछन् ।  
Categorized in उपत्यका