STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कामीरिताको नयाँ कीर्तिमान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गर्नुभएको थियो । उहाँ सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसक्नुभएको छ ।
Categorized in राष्ट्रिय