STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिका मन्दिर ः मागेर खाने क्षेत्र मुक्त घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

गण्डकी प्रदेशकैउत्कृष्ट धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका मन्दिर परिसरमा मागेर खाने बेसाहारालाई आज उद्धार गरिएको छ । नेपाल सरकारले सडक मानवमुक्त गराउने अभियानअन्तर्गत कालिका मन्दिर प्रवेशद्वारमा लामो समयदेखि मागेर खाने बेसाहारालाई उद्धार गरेसँगै मन्दिर परिसरलाई ‘मागेर खाने क्षेत्र मुक्त घोषणा’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट, मानव सेवा आश्रम, कालिका भगवती गुठी व्यवस्थापन समिति र पत्रकारको सहयोगमा सो मन्दिर परिसरमा रहेका छ जना बेसाहाराको उद्धार गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । मागेर खाने क्षेत्र मुक्त घोषणा पछि त्यस क्षेत्रमा माग्न बसेकालाई मानव सेवा आश्रममा लागिएको छ भने केही भिक्षु अन्यत्र जानुभएको छ । विसं २०८२ सम्म सिङ्गो नोपाललाई नै सडक मानवमुक्त बनाउने अभियानमा रहेको मानव सेवा आश्रमले आजदेखि कालिका मन्दिर परिसरमा रहेका मागेर जीवन गुजारेकालाई आश्रय दिएको मानव सेवा आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो । “हाम्रो पहलमा कालिका मन्दिर परिसरलाई मागेर खाने क्षेत्र मुक्त गरिएको छ”, लामाले भन्नुभयो, “कालिकामा आउने सहयोग मानव सेवालाई हुनेछ, हामीले बेसाहारालाई गाँस, बास र कपासको व्यवस्था गरेका छौँ ।” शुरुमा साविक धौलागिरि अञ्चलललाई सडक मानवमुक्त अभियानअन्तर्गत कालिका मन्दिर परिसरबाट मागेर खाने बेसाहारालाई उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ । “अबदेखि मन्दिरमा जो मागेर खान आउँछ, जसको घरबार छैन, आफन्त छैन उसलाई मानव सेवा आश्रममा पठाउँछौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “यहाँ कष्टकर जीवनयापन गर्नभन्दा मानव सेवा आश्रममा निकै सुविधा उपलब्ध छ ।” सरकारले शिक्षा, स्वास्थ्य, गाँस र बासलाई आधारभूत आवश्यकता भनी संविधानमै उल्लेख गरेर आएको सन्र्दभमा सडक मानवमुक्त गराउन लागिरहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । सरकारले आधारभूत आवश्यकताका लागि सहयोग गर्न तयार रहेको भन्दै सडक मानवलाई व्यवस्थित गर्न खोजिएको क्षेत्रीले बताउनुभयो । अहिले मानव सेवा आश्रमको बागलुङ शाखामा ३० जना बढीले आश्रय लिएर बस्दै आएका छन् ।
Categorized in राष्ट्रिय