STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिगंगामा दिपेश एसकेले निर्देशकीय क्षमता देखाउने

Janjati Khabar – Janjati Khabar | २०८३ बैशाख १४, सोमबार

दिपेश एसके सबै खाले गीतको भिडियोमा काम गरिसकेका कुशल र पछिल्लो समयका व्यस्त नृत्य निर्देशक हुन् । जस्तै भजन, राष्ट्रिय गीत, रोमान्टिक, लोकआधुनिक र मर्मश्पर्शी भावुक गीतहरुमा उनको कोरियोग्राफी देख्न सकिन्छ ।

लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्‌नै कर्मले लोकप्रिय हुन चाहन्छन् । उनलाई आफ्‌नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ फल मिल्छ भन्ने कुरा राम्रैसंग बुझेका दिपेशको समय अहिले कसरी राम्रो कोरियोग्राफरी गर्ने भन्नेमा नै बित्ने गर्छ । किन की सातामा सातैवटा भिडियोको कोरियोग्राफी भ्याउनु पर्ने उनको बाध्यता छ । 

बिजेन्द्र नौबागेको शब्द, संगीत र रुपक डोटेल तथा कमला सुनारको स्वर रहेको कौराह गीत ‘कालिगंगा’को यतिबेला चर्चा चु्‌लिने क्रममा रहेको छ । गत साता सार्वजनिक भएको ‘कालिगंगा’को भिडियोमा दिपेश एसकेको निर्देशकीय क्षमता झल्केको पाइन्छ । यो भन्दा पहिले उनले लुकी लुकी, यो दिलईमा तिमी छौ, राम प्यारी, लेक लेक, आउ मिलिजुली, घुमाइदेउन नौ तले धरहरा, सेलोमा जुहारी, साई हो मायाँ, गुराँस टिपं म, जिन्दगीको के हुन्छ भर लगायत झण्डै ३५० भन्द बडी गीतको भिडियोमा कोरियोग्राफी गरिसकेका दिपेशका पछिल्लो समय चर्चामा रहन सफल गीतहरुमा आयो बराई माईतीको देश, पालुङ तीरमा, थोरै थोरै लागेको लाज, झुटो बात, तिम्रा लागि रुने मन आदि छन् ।

Categorized in सिनेमा