STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिमाटी तरकारी बजार राति १२ देखि बिहान ९ बजेसम्म खुल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार

काठमाडौं – तरकारी बिक्न छाडेपछि बजार खुल्ने समय बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयलाई गरेकाेआग्रह बमोजिम अब कालिमाटी तरकारी बजार  राती १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजेसम्म मात्रै सञ्चालनमा आएको थियो । यसैगरी काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको जनाइएकाे छ । बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय