STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काष्ठमण्डप पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १५, मंगलबार

काष्ठमण्डप पुनर्निर्माणको काम करिब नब्बे प्रतिशत सम्पन्न भएको छ भने यसैबीच काठमाडौ महानगर पालिकाकाले यस कार्यका  लागि थप  एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणको काम भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । 

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।  

मेयर शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताउनुभयो र समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएको कु्ा उहाँले बताउनु  भयो   ।

काष्ठमण्डपको पुनर्निर्माणको काम  काठ अभावका कारण पनि सामान्य ढिलाई भयो भने त्यो समस्या पनि समाधान भैसकेकोले अब काठ अभावले काम नरोकि कुरा  काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

संयाेजक सांसद  शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।

Categorized in उपत्यका