STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कास्कीको पहिरोमा ३ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार

पोखरा । गएरातिदेखि अविरल परेको वर्षाका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् । उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए । जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेकाे जानकारी प्रहरीले दिएकाे छ । प्रेम विककी बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेका छन् ।

फाइल तस्बिर

Categorized in अपराध-दुर्घटना