STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कास्कीमा नेकपाको अग्रता कायमै

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ । उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।
Categorized in राष्ट्रिय