STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो ।  

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।

जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त  बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनि दावी गरेका छन् । 

लामिछानेका सहयोगी प्रमोद न्यौपानेले लामिछानेले उच्चमा पेस गरेको निवेदन दर्ता भएको हो ।

Categorized in राजनीति