काेइला बाली सुत्दा नवजात शिशुसहित एकै परिवारमा पाँचकाे मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २३, सोमबार
काठमाडौं - ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४, नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
सोमबार चार जनाको घरभित्रै र अचेत भेटिएका दुई दिने नवजात शिशुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ । ।
उनका अनुसार नवजात शिशुसहित अन्दाजी ५५ वर्षीया घरमुली काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया सुष्मा, नाति ९ वर्षीय आशिष र नातिनी ५ वर्षीया आश्माको मृत्यु भएको छ ।
अचेत रहेका २३ वर्षीय सुवास स्याङताङको पाटन अस्पतालमा उपचार भइरहेकाे उनले बताए । नवजात शिशुलाई न्यानाे पार्न काेइला बालेर सुत्दा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटना घटेको कोठामा कोइला बालेकाे र बान्ता भएकाे देखिएकाे जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

