STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट  किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले  यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।
 
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेका विभिन्न संरचना शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके  उत्पादित वस्तु बिक्री वितरणको  जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाउनुभयो । 
उक्त गाउँपालिका अध्यक्ष दीपक गुप्ताले गाउँपालिकाले पनि कृषिलाई उच्च प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको छ भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । 
Categorized in राष्ट्रिय