STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताउनुभयो । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले बताउनुभयो । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गर्नुभयो । त्यसैगरी डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने किसानले रुँदै आइरहेको छन् चिन्ता लागिरहेको छ उता बाँकेमा पनि र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले भन्नुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ ।
Categorized in राष्ट्रिय