कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १६, आइतबार
काठमाडौं- कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ।
सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।
सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ। यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ।
त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ।
Categorized in राजनीति

