STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरेश्वर महादेवको प्राण प्रतिष्ठा

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार

काठमाडौं – कीर्तिपुरको वडा नं. ९ र १० मा पर्ने ध्वाकासि टोलमा माघ २७ गते सोमबार कीर्तिपुरेश्वर महादेव प्रतिष्ठापन गरी प्राण–प्रतिष्ठा गरियो । कीर्तिपुरेश्वर महादेव स्थापना समितिको आयोजनामा गरिएको विशेष पूजामा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा प्राण–प्रतिष्ठापन गरिएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का रिजाल विशेष अतिथिको रुपमा पुगेका थिए । यसैगरी कीर्तिपुर ९ वडा वडाध्यक्ष गंगाराम महर्जन र १० वडाका वडाध्यक्ष अमन महर्जनका साथै कीर्तिपुर प्रहरी वृत्तका डिएसपी छेदीलाल कामतीको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रम समाजसेवी रामबहादुर देउवाको सभापतित्वमा भएको थियो भने उपस्थितलाई आयोजक समितिका सदस्य पानभाइ देउलाले स्वागत गरेका थिए । ध्वाकासि टोलका सक्रिय युवा दिनेश देउलाको अगुवाइमा कीर्तिपुरेश्वर महादेव प्रतिष्ठापन भएको हो यसको लागि स्थानीय जनसमुदायले आर्थिक सहयोग गरेका थिए । कीर्तिपुर नगरकै नाममा महादेवको नाम कीर्तिपुरेश्वर राखिएको जानकारी पनि आयोजकले दिए । सार्वजनिक जग्गा अतिक्रमित भइरहेको सन्दर्भमा स्थानीय युवाहरुको अग्रसरतामा महादेव प्रतिष्ठा गरी सार्वजनिक जग्गा बचाउने तथा धार्मिक आस्थाको केन्द्रविन्दु बनाउने काम भएकोमा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् ।
Categorized in राष्ट्रिय