कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको व्यवस्था
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
विजयरत्न असंबरे •
कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको ध्यानमा राखेर स्तनपान कक्ष स्थापना गरेको छ । विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा शुक्रवार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नुभएको हो । विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते (१–७ अगस्ट २०२०) सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ भने सोहि अवसरमा कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमा स्थापना गरेको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताउनुभयो । कार्यक्रममा कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले उक्त कक्ष मापदण्ड अनुसार कै थप सुविधाहरू सहित आगामी दिनमा सहज रुपमा सञ्चालन गरिने जानकारी दिनुहुँदै कीर्तिपुर नगरपालिका अन्तरगत सञ्चालित स्वास्थ्य संस्थाहरूमा समेत स्तनपान सूचना कक्षको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो । Categorized in उपत्यका


