STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुर पांगाका यारिस महर्जन पौडी प्रतियोगितामा प्रथम

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण ८, बिहिबार

कीर्तिपुरमा तेस्रो नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न

कीर्तिपुर नगरपालिका वडा नं.३ र खासी बजार क्लबको संयुक्त आयोजनामा बुधबार कीर्तिपुर नगरपालिका ३ वडा खासीबजारस्थित भिं पुखूमा ऐतिहासिक गथांमुगः च¥हेको उपलक्ष्यमा तेस्रो नगरब्यापी खुल्ला  पुरुष पौडी प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त पौडी प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ वडा पाँगाका  यारीस महर्जन प्रथम भएका छन् भने राकेश श्रेष्ठ दोस्रो र सुमन श्रेष्ठ तेस्रो भएका छन् ।

उक्त पौडी प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रुपमा कीर्तिपुर नगरापालिकाका मेयर कृष्णमान डंगोल तथा विशिष्ट अतिथिको रुपमा उपप्रमुख शुभ लक्ष्मी शाक्य “सुनिता”को उपस्थित रहेको थियो भने अन्य अतिथिहरुमा विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कीर्तिपुर नगरपालिका ३ वडाका वडाध्यक्ष सुविन्द्र महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोले रिवन काटी औपचारिक रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

यस्तै, उद्घाटन पश्चात् तेस्रो कीर्तिपुर नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता २०८२ संचालनका लागि रेफ्रीहरुलाई प्रमुख अतिथि नगर प्रमुख डंगोलले तथा विशिष्ट अतिथि कीर्तिपुर नगर उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले स्टप वाच हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा सहयोगी हातहरुलाई मायाको चिनो प्रदानका साथै पौडी प्रतियोगितामा सहभागी पौडीबाजहरुलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।



उक्त पौडी प्रतियोगितामा तृतीय हुने सुमन श्रेष्ठ, द्वितीय हुने राकेश श्रेष्ठ तथा प्रथम हुने यारीस महर्जनलाई प्रमुख अतिथि कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोल, विशिष्ट अतिथि कीर्तिपुर नगर उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता , कीर्तिपुर नगरपालिका ३ वडाका वडाध्यक्ष सुविन्द्र महर्जन तथा कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष इच्छाकुमार महर्जनले मेडल–ट्रफी, प्रमाण पत्र, रकम तथा खादा हस्तान्तरण गरिएको थियो ।  



कार्यक्रममा कार्यक्रमका सभापति एवं कीर्तिपुर नगरपालिका ३ वडाका वडाध्यक्ष सुविन्द्र महर्जनले स्थानीय क्लब खासीबजार क्लबसंग आफ्नो वडालेसहकार्य गरी संयुक्त रुपमा पौडी प्रतियोगिताको आयोजना गर्न पाउँदा गौरवान्वित भएको खुलासा गर्दै पौडी प्रतियोगितालाई आगामी दिनहरुमा स्तरीयतामा रुपान्तरित गर्दै जाने प्रतिबद्धता जाहेर गनुभयो ।

वडाध्यक्ष महर्जनले गत वर्षको पौडी प्रतियोगितामा प्रथम हुने पौडीबाज हाल राष्ट्रिय पौडीबाजको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको जानकारी दिदैं आउने दिनहरुमा पनि पौडीबाजहरु राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुग्ने अपेक्षा राख्नुभयो ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोलले पौडी प्रतियोगिता ऐतिहासिक भएको र कीर्तिपुर नगरभित्र पौडी मात्र नभई विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुको कमी नरहेको जानकारी दिदैं पौडी प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

नगर प्रमुख डंगोलले खेलजगतबाट कीर्तिपुरको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म उच्च स्थानमा रहेकोले कीर्तिपुर नगरपालिकाले कीर्तिपुर क्षेत्रको खेल क्षेत्रको विकासमा सक्रियता जनाउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

उक्त पौडी प्रतियोगिता प्रत्येक वर्ष गथांमुगःका दिन आयोजना गर्दै आइरहेको छ ।

photo : A Team Vision kirtipur / Durgalal Shahi

Categorized in खेलकुद