STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुर सिनेप्लेक्समा अर्को नयाँ हल

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण २२, बिहिबार

कीर्तिपुर/नेपाल राष्ट्रभर मनोरञ्जनात्मक सिनेमा भवनमध्ये टप १० मा पर्नसफल सिनेमा भवन कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्सले फेरि अब अर्को एक नयाँ हलको निर्माण कार्य सम्पन्न गरेको छ । 

सिनेप्लेक्स स्रोतका अनुसार हाल सजावटका कार्य भइरहेको र यही श्रावण महिनाको अन्तिम साता वा भाद्र महिनाको पहिलो हप्ता नयाँ हलको उद्घाटन हुने जानकारी दिइएको छ । जानकारी अनुसार कीर्तिपुर सिनेप्लेक्सको नयाँ हलमा नयाँ नेपाली चलचित्र “माग्ने राजा”बाट श्रीगणेश हुने हुइनाभुइना पनि चलेको छ । 

करिब १ सय १० सिटको कीर्तिपुर सिनेप्लेक्सको नयाँ हल संचालनमा आइसकेपछि दर्शकहरुलाई सर्वसुलभ हुने एवं विभिन्न कार्यक्रमहरु संचालन गर्न पनि सहज हुने जानकारी सिनेप्लेक्स स्रोतले दिएको छ । 

कीर्तिपुर सिनेप्लेक्सले सामाजिक संजालमा “रोमाञ्चक समाचार” को शीर्षकमा कीर्तिपुर सिनेप्लेक्स विस्तार हुँदैछ भन्ने जानकारी दिदैं रोमाञ्च र सिनेमाई अनुभवलाई दोब्बर बनाउन चाँडै नै एउटा नयाँ अडिटोरियम खुल्दैछ भन्ने उद्घोष गरेको छ । 

“नयाँ अडी, अतिरिक्त मनोरञ्जन, स्क्रीन दोब्बर बनाउनु होस्, मनोरञ्जन दोब्बर बनाउनु होस्, नयाँ अडी अनलक – थप चलचित्रहरु एवं थप जादू, नयाँ अडी थपियो, कीर्तिपुर मल्टिप्लेक्समा गइन्छ” भन्दै प्रचारात्मक अभिव्यक्तिहरु कीर्तिपुर सिनेप्लेक्स हलले सार्वजनिक गरेको छ ।

Categorized in सिनेमा