STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुर ३ वडा ज्येष्ठ नागरिक देश दर्शन भ्रमणको क्रममा नवलपुरस्थित सिजि धाममा जंगली माहुरी आतंक

Janjati Khabar – Lalendra Shakya | २०७८ मङ्सिर ७, मंगलबार

नवलपुर/कीर्तिपुर नगरपालिका ३ वडा कार्यालयद्वारा आयोजित पाँचौं पटकको ज्येष्ठ नागरिक देश दर्शन भ्रमणको क्रममा नवलपुरस्थित चौधरी ग्रुपद्वारा निर्मित सिजि धाममा जंगली माहुरी आतंक भएको छ ।

मंसीर ३ गते लुम्बिनी पुगी ४ गते भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिर दर्शन गरी फर्केको उक्त भ्रमण टोली मंसीर ५ गते दिउँसो करिब १२ बजेतिर नवलपुरस्थित सिजि धाम भ्रमणको लागि पुगेको थियो । सिजि धाम छिर्नासाथ जंगली माहुरीको असंख्य लावा लस्कर बथान यत्रतत्र भई सिजि धाम पुगेका सम्पूर्णलाई आक्रमण गरेको थियो ।

जंगली माहुरी आतंक टोकाईबाट त्यहाँ घुम्न आउने एक सानो बच्चा तथा सिजि धामका एक कर्मचारीलाई अस्पताल समेत भर्ना गर्नुपरेको थियो ।

त्यस्तै, कीर्तिपुर ३ वडाको भ्रमण टोलीका ज्येष्ठ नागरिकदेखि स्वयंसेवक एवं संचारकर्मीहरु समेत जंगली माहुरी आक्रमणबाट घाइते भएको थियो । सिजि धाम घुम्न आएका कोही कसैले त्यहाँको रुखमा रहेको माहुरीको चाका चलाइदिएको कारण यसरी जंगली माहुरी आतकं मच्चिएको त्यहाँका स्थानीयको भनाई छ । जंगली माहुरीलाई ‘बारुला’ पनि भनिएको छ ।

भ्रमणमा सहभागी कीर्तिपुर नगरपालिका ३ वडा सागल टोलकी ज्येष्ठ नागरिक एवं कीर्तिपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक निलकण्ठ अमात्यले सिजि धाम संचालक एवं रेखदेख गर्ने कर्मचारीहरुले पूर्व सूचना नदिएको कारण तथा लापवाहीले गर्दा जंगली माहुरी आतकं मच्चिएको भन्नु हुन्छ । उहाँले सिजि धाम संचालकहरुले यस्ता दुर्घटना हुन नदिन धाम क्षेत्र परिसरभित्र त्यस्ता जोखिमयुक्त वातावरणलाई समयमैं नियन्त्रण गर्नुपर्ने धारणा राख्नु हुन्छ ।

त्यस्तै, सिजि धाम भ्रमणमा आउने अन्य पर्यटकहरुले पनि सिजि धाम संचालनमा सहभागी कर्मचारीहरुको लापरवाहीका कारण यस्तो घटना घटेको बताउँछन् भने स्थानीय बासिन्दाले पनि कर्मचारीहरुको बेवास्ता र लापरवाहीका कारण घटना घटेको स्वीकार गरेका छन् ।

Categorized in अपराध-दुर्घटना