STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार

जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाउनुभयो । आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै बञ्चित गर्न खोजेको उहाँले बताउनुभयो ।अध्यक्ष विकले भन्नुभयो, ‘‘बूढीगङ्गा नगरपालिका–२ कन्र्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर रु १० हजार रकम छुट्याइएकामा त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ ।” वडा नं १० का वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताउनुभयो । नगर परिषद्मा वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधँै रु तीन÷चार लाखको प्रास्ताव गर्दै गएको र नगरबाट पनि प्रास्ताव बमोजिमको रकम बिनियोजन हुँदै आएकामा वडाले भने आफैँले त्यो रकमअनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उहाँको भनाइ थियो । वडाध्यक्ष धर्मराज जैशीले भन्नुभयो, “लक्षित कार्यक्रमअन्तर्गतको रु तीन लाख लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उहाँले सोही कार्यक्रममा रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ । यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने बताउनुभयो ।जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको थियो ।
Categorized in राष्ट्रिय