relans
ni new 83
nib 2082 5

कुइनेटोको प्रचार सामग्री सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ३०, शनिबार

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रामो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हास्य विधामा बनेको चलचित्र हो ।  उक्त चलचित्रमम स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले बताएका छन् । 

हास्य विधा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा  प्रस्तुत गरिएको बताइएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा  महिला द्वन्द निर्देशक किरण दाहालको द्वन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शब्द र संगीत रहेको छ । 

https://youtu.be/pNObsdJkIk8

Categorized in सिनेमा
ppp 2