STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुटुम्ब ब्याण्ड, स्टार हस्पिटल र कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास : कीर्तिपुरमा स्वास्थ्य, संगीत र सम्पदा उत्सव

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ मङ्सिर १४, मंगलबार

कीर्तिपुर/कीर्तिपुर नगरपालिकासंगको सहकार्यमा कुटुम्ब ब्याण्ड तथा स्टार हस्पिटलले स्वास्थ्य, संगीत र सम्पदा उत्सव गर्ने भएको छ । मंसीर १८ गते शनिबार विहान १० बजेदेखि बेलुकी ७ बजेसम्म कीर्तिपुर नगरपालिकाको १ र २ वडाको बाघभैरवदेखि उमामहेश्वरमा हुने उक्त एकदिने उत्सवलाई ‘फ्रि फोरजी हेल्थ क्याम्प’को रुपमा प्र्रस्तुत गरिने भएको छ ।

कुटुम्ब ब्याण्डका मेम्बर संगीतकर्मी राजु महर्जनले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रममा स्टार हस्पिटलको निःशुल्क हेल्थ क्याम्पसंगसंगै सांगितिक प्रस्तुति पनि निरन्तर रुपमा भइरहनेछ । उक्त कार्यक्रममा विभिन्न सांगितिक ब्याण्डका साथै कीर्तिपुर सिंगिङ आइडल ११४२ मा सहभागी नवोदित गायक गायिकाहरुको पनि सांगितिक प्रस्तुति हुने जानकारी पनि कुटुम्बका राजु महर्जनले दिनुभएको छ ।

स्टार हस्पिटलले फ्रि फोरजी हेल्थ क्याम्पमा निःशुल्क Gl&GASTRO, GYNECOLOGY, GERIATRIC, GENERAL HEALTH सम्बन्धी उपचार एवं परामर्श गरिने छ भने यस रोगबाट पीडित एवं जानकारी लिनचाहने सम्पूर्ण नगरबासीलाई उक्त कार्यक्रममा उपस्थितिको लागि आमन्त्रण गरेको छ ।

Categorized in साहित्य-कला