STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनर्माण सुस्त छ । मन्दिर निर्माणका लागि भएको ठेक्का सम्झौताको अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिने देखिएको छ । दुई वर्षमा निर्माण सक्ने योजनामा मन्दिरको पुनःनिर्माण शुरु भएकामा त्यो सकिएर अर्को छ महीना थप भएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । थप भएको अवधि असारमा सकिने भए पनि त्यतिबेलासम्म काम सकिने नदेखिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । असारसम्ममा ७५ देखि ८० प्रतिशसम्म सकिएमा त्यही ठेकेदारलाई निरन्तरता दिने अन्यथा विकल्प खोज्ने योजना रहेको उहाँले बताउनुभयो । “समयमा नसकिए पनि काम नियमितरूपमा भइरहँदा हामी केही समय थप्न सक्छौँ”, उहाँले भन्नुभयो, “अझै ढिलासुस्ती हुँदा विकल्प पनि खोज्नुपर्ने हुनसक्छ ।” पाँच तले उक्त मन्दिरको पहिले पुनःनिर्माण कसरी गर्ने भन्नेमा नै विवाद रहेको थियो । मन्दिर पूरै भत्काएर गर्ने कि माथिल्लो तलामा मात्रै काम गर्ने भन्ने विवाद रहेकामा माथिल्लो तलामा मात्रै काम गर्ने सहमतिपछि मात्रै ठेक्का आह्वान भएको प्रमुख प्याकुरेलले बताउनुभयो । त्यस्तै, मन्दिर भत्काउँदा त्यहाँ रहेका सामग्रीको सुरक्षाका विषयमा समेत स्थानीयवासी चिन्तित थिए । अहिले मन्दिरको पाँचै तलामा गारोमा मर्मतको काम भइरहेको छ भने माथिल्लो तीन तलामा मात्रै काठको काम भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले मन्दिरको क्षति पुगेका भागमा आवश्यक काम गरिरहेका छौँ ।” बङ्गलामुखी मन्दिरसँगै रहेको यो मन्दिरमा प्रत्येक सोमबार दशनार्थीको घुइँचो लाग्ने गरेको छ ।
Categorized in राष्ट्रिय