STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुलमानका समर्थकहरुलाई पानीको फोहोरा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमु्ख कुलमान घिसिङका पक्षमा प्रदर्शन गरेका प्रदर्शनकारीलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेका छन् । घिसिङलाई नै प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्नुपर्ने मागसहित उनका समर्थकहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिन प्रहरीले उनीहरुमाथि पानीको फोहोरा हानेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीको आदेशअनुरुप नै प्रहरीले माइतीघर मण्डलामा कुनै पनि प्रकारका भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिन उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले माइकिङ गर्दै भेला नगर्न आग्रह गरेका थिए । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपर्ने माग सहित बुधबार बिहानदेखि काठमाडौंको जोरपाटी र बालाजुमा पनि प्रदर्शन भइसकेको थियो । माइतीघर मण्डलाको प्रदर्शनमा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाललगायतका व्यक्तित्व सहभागी थिए ।
Categorized in राजनीति