relans
ni new 83
nib 2082 5

कुलमानलाई पद मुक्त गर्ने निर्णयमाथि पुनर्विचार गर्नुपर्छ - सांसद शोभा शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १, बिहिबार

विजयरत्न असंबरे
बागमती प्रदेश ललितपुरका सांसद माननीय शोभा शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग गरेका छन् । माननीय सांसद शाक्यले "जनताले रुचाएका कुलमानलाई हटाउने अनि जनताले मत नदिएर निर्वाचनमा पराजित भएकालाई राष्ट्रीय सभामा लैजाने?" भनि प्रश्न उठाएका छन् भने धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ। तर हाम्रो नेपालमा विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ भन्नु कति न्यायोचित हो भनि प्रश्न पनि अगाडि सारेकी छिन् र नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर "तिम्रो करारसेवा टुङ्गियो" भन्नु पर्ने हो । उनले शुरू गरेका धेरै कामहरु अधूरा पनि छन जसलाई पूर्णतादिन अत्यन्तै आवश्यक रहेको छ त्यसैले पनि उनलाई पुनः नियुक्ति गर्नु पर्ने थियो तर सरकारले यो कुरालाई वेवास्ता गरेर निर्देशक घिसिङलाई पद मुक्त गरेको ख़बरले सारा नेपालीलाई दुःखी बनाएको समेत बताएका छन । त्यसैले उक्त निर्णय माथी सरकारले पुनर्विचार गर्नु पर्दछ भन्ने राय सांसद शाक्य को रहेको छ । प्रदेश सांसद शाक्यले कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो भन्नुका साथै अझै केही वर्ष नेपाली राजनीतिमा 'कुलमानहरू' हारेर 'हनुमानहरू' जितिरहने छन्। तर अब धेरै समय पर्खनु नपर्ला। टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको छ। अति सर्वत्र वर्जयेत, जो भनिन्छ भन्दै कुलमान घिसिङलाई पुनर्नियुक्ति नगर्नु देशको दुर्भाग्य हो भनि भनेका छन् ।
Categorized in राजनीति
ppp 2