STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ– बहराइन

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १८, शुक्रबार

बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र सचिव खालिफाबीच बिहीबार मनामास्थित मन्त्रालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले मनामास्थित नेपाली राजदूतावासले यही पुस २८ गते आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागिताका लागि निमन्त्रणा गर्नुभयो । सो दिन नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ४३ औँ वर्षगाँठसमेत रहेकाले उद्घाटन समारोहले दुई देशबीचको सम्बधलाई थप उचाइमा पु¥याउन विशेष भूमिका खेल्ने राजदूत सुन्दासले विश्वास व्यक्त गर्नुभएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष २०२० अभियान सफलताका लागि राजदूतावासले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्नेसमेत जानकारी दिनुभयो । सचिव खालिफाले नेपाल भ्रमण वर्ष २०२० अभियानका क्रममा दूतावासले आयोजना गर्ने अन्य कार्यक्रममा समेत रुचिपूर्वक सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक कूटनीतिका लागि व्यापारी वर्गलाई कार्यक्रममा आमन्त्रण गरी आर्थिक सम्बन्धलाई बढवा दिनुपर्ने सुझाव दिनुभयो । राजदूत सुन्दासले आगामी अप्रिल २–४ मा काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा बहराइन अधिराज्यबाट उच्च तहको सहभागिताका लागि अनुरोध गर्नुभयो ।
Categorized in राष्ट्रिय