कूल कोरोना संक्रमितको संख्या लाख नाघ्याे, एकैदिन २ हजार ५९ जनामा संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २३, शुक्रबार
काठमाडाैं – एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितकाे संख्या एक लाख नाघेको छ। नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।
यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । नेपालमा मृत्युदर ०.६ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२.५ प्रतिशत रहेको छ ।
Categorized in राष्ट्रिय

