STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकूद विकास मञ्चले खेलकूद तथा साँस्कृतिक कार्यक्रमसमेत राख्ने गरेको छ । रैथाने मगरहरुको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो । अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरको बसोबास छ ।
Categorized in राष्ट्रिय