केरला विमान दुर्घटनामा १७ जनाकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
एजेन्सी – दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान शुक्रबार साँझ केरलाको विमानस्थलनमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएको छ ।
सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार दुर्घटनामा परी दुई जना पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुबईबाट आएको एयर इन्डियाको आईएक्स–१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा चिप्लिएको जनाइएको छ ।
विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय