STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

केही दिनमा नै कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गर्छौं : स्वास्थ्यमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २२, बुधबार

मंसिर २२, २०७८- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको  खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । मंगलबार नुवाकोटस्थित त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरे ।

सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको उनको भनाइ छ । देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको उनले बताए ।

'हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ,' खतिवडाले भने, 'नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छौँ । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।'

नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिने उनले बताए । 'दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्‌मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ,' खतिवडाले भने ।

Categorized in साहित्य-कला