कोराेना त्रास : चैत–वैशाखका निजी भोजहरु स्थगित
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार
काठमाडौं– कोरोना भाइरसको त्रासका कारण चैत–वैशाख महिनामा हुन लागेका निजी भोजहरु स्थगित भएका छन् ।
चैत–वैशाख महिनामा परेका निजी भोजहरु सबै स्थगित गरी अर्को वर्षको माघ, फागुनमा सारिएका छन् ।
काठमाडौं खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा मात्र चैत महिनाको लागि १८ भन्दा बढी भोजहरु बुक भएको ब्यांक्वेटका प्रोप्राइटर मचाराजा महर्जनले दिएका छन् ।
बुक भएका यी सबै भोजहरु स्थगित भएका, यी मध्ये केही भोजहरु शान्त वातावरण भएमा वैशाखमा अथवा कोरोनाको त्रासबाट मुक्ति पाएपछि मात्र हुने भएका छन् ।
Categorized in राष्ट्रिय