कोरियामा कोरोनाको कहर ‘पर्ख र हेर’को रणनीतिमा सरकार
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १२, सोमबार
लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताउनुभयो । “समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “कोरिया सरकारले नै थप सङ्क्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ ।”[/caption]
सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उल्लेख गर्दै उहाँले कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी दिनुभयो । “कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्”, पत्रकार पोखरेलले भन्नुभयो, “नेपाली दूतावासले पनि सङ्क्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ ।” कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्कनुभन्दा पनि सुरक्षित रुपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उहाँको भनाइ छ ।
सतर्कता अपनाउन दूतावासको आग्रह
[caption id="attachment_31910" align="alignnone" width="900"]
सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद रोगको सङ्क्रमण फैलँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ ।[/caption]
कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा अवैधानिकरुपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने जनाएको छ । कोरियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पताललाई निर्देशन दिएको छ । अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ ।
नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ । यसैगरी गैरआवासीय नेपाली सङ्घ एनआरएन राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले पनि कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ ।
Categorized in राष्ट्रिय


